पथरी शनिश्चरे ८ द्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

0
18

पथरी शनिश्चरे।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शुक्रबार वडा कार्यालयमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडा भित्रको बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आवि शुक्रबारेका १४ जना र मिलन आवि मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

वडाअध्यक्ष नवीन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शिवमाया विश्वकर्मा र विद्यालयका ब्यवस्थापन समिती, शिक्षक शिक्षिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्ध माध्यमिक विद्यालयका अध्यक्ष प्रकाशबहादुर कार्की र दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम काफ्लेले मन्तब्य राख्नुभएको थियो । वडाले गतबर्ष पनि छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here