अर्जुनधारा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधारा नगर समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा समितिका अध्यक्ष केदारनाथ पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संगठन झापाका अध्यक्ष द्रोणबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
अध्यक्ष पोखरेलले समितिको सांगठनिक प्रतिवेदन र र कोषाध्यक्ष कुमार मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । जसअनुसार शैक्षिक वर्ष २०८१मा सेवानिवृत्त शिक्षकहरु तुलसीप्रसाद पौडेल, नन्दकुमार शिवाकोटी, बासुदेव भण्डारी, मनप्रसाद खनाल र रुद्रप्रसाद खतिवडा तथा संस्थालाई विशेष योगदान पु¥याउने शिक्षकहरु कृष्णप्रसाद भट्टराई, देवीप्रसाद गौतम र यज्ञप्रसाद सिटौला रहेका छन् ।
कार्यक्रममा शिक्षक महासंघ झापाका उपाध्यक्ष पूण्य सुवेदी, महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, नेपाल शिक्षक संघकी प्रतिनिधि गंगा पोखरेल, सम्मानित शिक्षक देवीप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी उपाध्यक्ष देउमाया दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव दीपक भण्डारीले गरेका थिए । यसैबीच सोही दिन सम्पन्न अधिवेशनको बन्दसत्रबाट समितिको अध्यक्ष बाहेक अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।
समितिको अध्यक्ष पदमा डम्बर यादव र दीपक भण्डारीको उम्मेदवारी परेपछी यही मंसीर १४ गते अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयमा हुने निर्वाचनबाट अध्यक्ष चयन हुने बताइएको छ ।
समितिको नवनिर्वाचित उपाध्यक्षद्वयमा चन्द्रकला भट्टराई र हर्कलाल गिरी, सचिवमा कमलकान्त पौडेल, सह–सचिवमा मिनिता काफ्ले, कोषाध्यक्षमा सुवासचन्द्र मिश्र र सह–कोषाध्यक्षमा कुमारी भण्डारी रहेका छन् ।
त्यसैगरी सदस्यतर्फ कमला गुरुङ, कल्पना ढुंगाना, खेम रेग्मी, गोपीकृष्ण गौतम, झमलाल पौडेल, दुर्गालाल पौडेल, देउकुमारी थापा, पूष्प खनाल, प्रदीप मिश्र, बालकृष्ण नेपाल, बिमला गौतम, फनिलाल खनाल, माया बागदास, युवराज पोखरेल, रीता अधिकारी, लोकेन्द्र गुरागाईं, वेदकला नेपाल, सीता बस्नेत, सीता मिश्र र सुरेखा योङहाङ रहेका छन् । त्यस्तै सोही बन्दसत्रबाट १६ जना जिल्ला अधिवेशन प्रतिनिधि छनौट भएको बताइएको छ ।