बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

0
35

झापा,

झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–२ खतिवडा चौकस्थित जयपुर–शनिश्चरे भित्री सडक खण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको हो ।

घाइते कार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका –७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् । उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here