गोलधापमा लागुपदार्थ न्यूनिकरण सम्बन्धी कार्यक्रम हुने

0
275
अर्जुनधारा, झापाको अर्जुनधारा–९स्थित गोलधाप युवा क्लबको आयोजनामा यही फागुन २८ गते लागुपदार्थ न्यूनिकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ ।
स्थानीयस्तरमा रहेका किशोर किशोरी र युवालाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु भएको शनिबार आयोजित पत्रकार भेटघाटमा क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
विगतमा लागुपदार्थ प्रयोगकर्ता र हाल लागुपदार्थ बिरुद्धका अभियन्ता छिमेकी देश भारत निवासी प्रिमिस भूटियालगायतको सहजिकरणसँगै अन्य व्यक्तित्वको अनुभव आदानप्रदान हुने कार्यक्रममा अनुमानित दुई सय जना बढीको सहभागिता रहने बताइएको छ ।
क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्यद्वय गौरीमाया चिमरीया र नरेन्द्रकुमार राई, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राई, सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका सदस्य कमल सँग्रौला, बालज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुँवरलगायतले लागुपदार्थ न्यूनिकरण सम्बन्धी धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here