कमलमा अध्यक्ष कप फुटबल

0
113

कमल ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजना कमल गाउँपालिका अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ ।

‘हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ २०८१ साल चैत २ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

कमल गाउँपालिका–३ स्थित केर्खा खेल मैदानमा हुने प्रतियोगितामा गाउँपालिकाका सात वटा वडाका टिम सहभागी हुने प्रतियोगिताका संयोजक रुस्तम राईले जानकारी दिए ।

कमल गाउँपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत तेस्रो अध्यक्ष कप कमल गाउँपालिका अन्तर वडास्तरीय फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्न लागेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद तथा ट्रफी प्रदान गरिने कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्तकुमार मगरले जानकारी दिए ।

त्यस्तै प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद एक हजार र ट्रफि, सर्वेत्कृष्ट गोलकर्ताले दुई हजार र ट्रफि, सर्वोत्कृष्ट खेलाडीले दुई हजार र ट्रफि, सर्वोत्कृष्ट गोल रक्षकले दुई हजार र सर्वोत्कृष्ट डिफेन्डरले दुई हजार र सर्वोत्कृष्ट मीड फिल्डरले दुई हजार र ट्रफि र सर्वोत्कृष्ट फर्वार्डले दुई हजार र ट्रफि प्राप्त गर्ने कमल गाउँपालिका खेलकुद विकास समितिका सह संयोजक तेजकुमार राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here