बिर्तामोड ।

वीरता जेसीजका सन् २०२५ का अध्यक्ष युवराज कुँवरले झण्डोत्तोलन गरेर आफ्नो कार्यकाल शुभारम्भ गरेका छन् ।
वीरता जेसीजको सचिवालय बिर्तामोडमा विहीवार आयोजित एक कार्यक्रमका बीच वीरता जेसीजको झण्डा र नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो । वीरता जेसीका अध्यक्ष कुँवरको अध्यक्षता तथा पूर्व अध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी, निवर्तमान अध्यक्ष विकास बस्नेत लगायतले शुभकामना मन्तव्य राख्दै सन् २०२५ को कार्यकाल सफल बनाउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा अध्यक्ष कुँवरले सन् २०२५ मा वीरता जेसीजलाई उचाईमा पु¥याउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम संयोजक संयुक्त सचिव सुवास त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।
यसअघि वीरता जेसीजका सन् २०२४ र सन् २०२५ कार्य समितिबीचको संयुक्त बोर्ड बैठक सम्पन्न भएको थियो । वीरता जेसीजका सन् २०२४ का विकास बस्नेत र २०२५ का अध्यक्ष युवराज कुँवरको संयुक्त अध्यक्षतामा भएको बोर्ड बैठकमा बुझबुझारथ समेत गरिएको थियो ।

त्यसैगरी विहीवार नै वर्ष २०२५ को नयाँ कार्य समितिको प्रथम बोर्ड बैठक कुँवरको अध्यक्षतामा सम्पन्न भएको महासचिव पौडेलले जानकारी दिए ।





























