मोरङ।

मोरङकोकेराबारीगाँउपालिका(६तामाङटोलबस्ने२६ बर्षीय गणेश श्रेष्ठ र ३२ बर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको छ ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीलेगणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेसँगै सोही कोठामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























