मोरङ,
मोरङको विराटनगर महानगरपालिका–८ स्थित कमलदेव यादबले संचालन गरेको सिटीरिक्सा चार्जिङ सेण्टरमा करेन्ट लागेर रंगेली नगरपालिका–६का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको छ ।
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।