थापा मार्केटमा ‘राधेराधे थापा मार्केट व्यवसायी उपसमिति गठन

0
129

झापा,  बिर्तामोड उद्योग वाणिज्य संघले थापा मार्केटमा ‘राधेराधे थापा मार्केट व्यवसायी उपसमिति गठन गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच शेखरनाथ दाहालको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । उप समितिको सह संयोजकमा सुप्रित खनाल, सचिव युवराज ओली, सह सचिव रोशन दाहाल र कोषाध्यक्षमा रीता काफ्ले चयन भएका छन् ।


उपसमितिका सदस्यहरुमा युवराज दाहाल, रोशन कार्की, रुपेश शिवाकोटी, दिपक अग्रवाल, भूमिका अधिकारी, आशा सुब्बा, सोनु अग्रवाल, विनिता केसी, राधिका भण्डारी, भिमा दुलाल निरौला, सकुन्तला निरौला,प्रदीप वास्कोटा, सुरज ओली, विमला श्रेष्ठ अधिकारी, तुलसा खड्का कार्की रहेका छन् ।


यसैगरी ११ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसमा कृष्णप्रसाद प्रसाई, राम वस्नेत, जीतेन्द्र अग्रवाल, कञ्चन शर्मा, राजेश सोनी, कृष्ण मानन्धर, राजेन्द्र अग्रवाल महावीर, प्रकाश पूर्वे, गंगा प्रसाद पौडेल, बालकृष्ण अग्रवाल र गणेश मादेन सदस्य रहेका छन् ।
सो अवसरमा उपसमितिलाई १० थान डस्विन समेत प्रदान गरिएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here