प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई १५ हजार सहयोग

0
75

बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरेका हुन् । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम  पठाएको अध्यक्ष परियारले जानकारी दिए ।
पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरुले विशेष अवसरहरुमा कोषलाई सहयोग गर्दै आएका छन् ।

कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ । संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्यता लिन आव्हान गरेका छन् । यसैबीच पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगिता उप्रेती उपचार कोषको सदस्य बनेको प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here