सुरुङ्गा, विजुलीको ट्रान्फर्मर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ भाङवारी निवासी ३५ वर्षीय दिपक पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो तस्बीर साङ्केतिक कामै हो ।
उनलाई बिर्तामोड नगरपालिका– २ स्थित पश्चिम बस स्ट्याण्ड नजिकै ट्रान्सफर्मर जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।




























