झापा, वैदेशिक रोजगारीका लागि कुवेत लाने भन्दै झुक्याएर ठगी गरेको आरोपमा प्रहरीले झापाको शिवसताक्षी नगरपालिका ८ निवासी ४२ वर्षीय सन्तोष सुनुवारलाई पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्तै आएका उनलाई काठमाठौं उपत्यका अपराध अनुसन्धान महाशाखाको प्रहरीको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले एक लाख ५३ हजार रुपैयाँ ठगी गरेको बताइएको छ । प्रहरीले पीडितको विवरण भने खुलाएको छै ।
बैंकिङ कसुर तेज माया गुरुङ
त्यस्तै महाशाखाले ज्योति श्रेष्ठको जाहेरीका आधारमा वैंकिङ कसुर मुद्धामा इलाम सन्दकपुर गाउँपालिका २ घर भएकी ५० वर्षीया तेजकुमारी गुरुङलाई पक्राउ गरेको छ । उनले २ लाख रुपैयाँ पीडितलाई बुझाउनु पर्ने बताइएको छ ।





























