एमालेसँगको सत्ता सहकार्य राष्ट्रिय आवश्यकता : सहमहामन्त्री यादव

0
102

झापा, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकपा एमालेसँगको सत्ता सहकार्य वर्तमान सन्दर्भमा राष्ट्रिय आवश्यकता रहेको बताउनु भएको छ ।

प्रतिगामी शक्तिहरु सल्बलाएको र लोकतन्त्रमाथि प्रहार गर्न खोजेका कारण लोकतन्त्र पक्षधर दुई ठुला दल कांग्रेस र एमालेबीचको सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले चाल्नु भएको कदम उचित भएको उहाँको तर्क छ ।

झापाको दमकमा आज आयोजित पार्टी नेता, कार्यकर्ताहरुसँगको संक्षिप्त भेटघाटमा उहाँले त्यस्तो बताउनु भएको हो ।

त्यसअघि नेता यादवले दमकमा पार्टी कार्यकर्ताहरुसँगको अनौपचारिक भेटघाटमा कांग्रेस भित्र अनुशासनको खडेरी रहेकाले चुनावमा घात अन्तर्घातले सिंगो पार्टीलाई नोक्सान गरिरहेको फेहरिस्त पनि राख्नु भएको छ ।

पार्टीको केन्द्रिय अनुशासन समितिमा २ हजार १ सय उजुरीहरु परेको बताउँदै नेता यादवले अहिले १५÷२० वटा उजुरीमाथि मात्रै सुनुवाई भएको र चुनावमा पार्टी भित्र अन्तर्घातको खेलमा रमाउने तत्वहरुले सधैं अनुशासनको कारवाही गरिँदा खैलाबैला मच्चाउने गरेको पनि टिप्पणी गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here