झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं ३ अन्तर्गत प्रदेश क र ख को संयुक्त अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

प्रदेश क को अध्यक्षमा पूर्ण मगर र प्रदेश ख को अध्यक्षमा हल्दीबारी गाउँपालिकाका निर्वाचित अध्यक्ष रविन्द्र प्रसाद लिंङदेन निर्वाचित भएका छन्। मगर र लिङदेन यसअघि पनि अध्यक्ष रहेर कार्यभार सम्हालिसकेका थिए भने दोस्रो कार्यकालका लागि पुन दोहोरिएका छन्।दुवै प्रदेसमा २१ र२१ सदस्यिय समिति बनेको छ।

हल्दीबारी ४ पाथीभरा सामुदायिक भवनमा आज भएको अधिवेशनमा पार्टीका केन्द्रिय अध्यक्ष माननिय राजेन्द्र लिङदेन, सहमहामन्त्री भरतेन्दुकुमार मल्लिक, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, केन्द्रिय सदस्य खुश्बु ओली, रामकुमारसिंह राजवंशी, अन्जार आलम, प्रदेस सभा सदस्य माननिय निमसरी राजवंशी,भद्रपुर वडा नं ३ का वडा अध्यक्ष हेमबहादुर कार्की, हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा,क्षेत्रिय अध्यक्ष तुलसा आचार्य, युवा संगठन जिल्ला अध्यक्ष राजकुमार राई, हल्दीबारी गाउँसमिति अध्यक्ष एकराज राना मगर, बाह्रदशी गाउँसमिति अध्यक्ष पि वि कटुवाल लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले पार्टीको हित विपरित कार्य गर्ने कसैलाई पनि छुट नरहेको भन्दै पार्टीभित्र गोडमेल चलिरहेको बताए। यसैगरी केन्द्रिय सदस्य ओलीले नयाँ पुराना सबै दलहरू भष्ट्रचारमा लिप्त रहेको र अख्तियार भष्ट्रचारी बचाउने अड्डा रहेको जिकिर गरिन्। राप्रपा भष्ट्रचार विरूद्व सडक देखि सदन सम्म लागिपर्ने भन्दै उनले वडा स्तर देखि सशक्त गतिविधि गर्न पर्ने धारणा राखेकी थिइन्।
कार्यक्रम संचालन क्षेत्रिय सचिव खिवराज भट्टराईले गरेका थिए।































