अर्जुनधारा जलेश्वर धामको शिव पीठमा चाँदी जडान गरिने

0
151

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरमा रहेको भगवान शिवको पीठमा चाँदी जडान गरिने भएको छ ।

श्रावणी पर्व–२०८२को पहिलो सोमबारबाट शिव पीठमा आवश्यक चाँदी जडानको लागि धाम व्यवस्थापन समितिले इच्छुक दाता र भक्तजनहरुबाट आर्थिक सहयोग संकलन गर्ने कार्यको शुभारम्भ गरेको छ ।

चाँदी जडानको लागि धाम व्यवस्थापन समितिले प्रति तोला(जडान खर्चसहित) पच्चीस सय रुपैयाँ तोकिएको उक्त शिव पीठमा अनुमानित १३ केजी चाँदी आवश्यक पर्ने धामका ध्यान शिक्षक चिरञ्जिवी ढुंगानाले जानकारी दिए ।

त्यसैगरी श्रावणी पर्वको अवसरमा समितिले रुद्राभिषेक, पञ्चामृत अभिषेक, संकल्पसहित जलार्पण, गत साउन १ गतेदेखि आगामी भदौ १ गतेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेदेखि श्रावण मास माहात्मय अन्र्तगत दैनिक कथा प्रवचन, भजनकिर्तन र आरती हुने बताइएको छ ।

यसैबीच श्रावणको पहिलो सोमबार सयौं भक्तजनहरु जलार्पण कार्यक्रममा सहभागी भएका छन् । विहान ४ बजेदेखि शुरु भएको जलार्पण कार्यक्रममा झापासहित ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ जिल्ला र छिमेकी देश भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरु जलार्पण कार्यक्रममा सहभागी भएका छन् ।

त्यस्तै सोही पर्वको अवसरमा इलाम–झापा मैत्री समाजले जलार्पण कार्यक्रम भक्तजनहरुको लागि निःशुल्क सातु एवम् पानी वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here