लागूऔषध कारोबारी खरेललाई स्वास्थ्यकर्मी महासंघले पनि गर्‍यो निलम्बन

0
113

झापा ।

लागूऔषध कारोबारमा संलग्न भएको आरोप लागेपछि नेकपा एमालेसँगै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाले पनि भानुभक्त खरेललाई निलम्बन गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापा जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले लागूऔषधको घटनामा नाम जोडिएका खरेललाई अनुसन्धान नसकिएसम्मको लागि महासंघको झापा जिल्ला कमिटी उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

गलत क्रियाकलापमा संलग्न जो कोहीलाई कारबाही तथा निर्दोषले सफाइ पाउनुपर्छ भन्ने महासंघको नीति रहेकोले अनुसन्धानमा सहयोग पुर्‍याउनको लागि उनलाई निलम्बन गरिएको महासंघका अध्यक्ष भरत खतिवडाले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।

यसअघि नेकपा एमाले बिर्तामोड नगर कमिटीले नगर कमिटी सदस्य खरेललाई पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले खरेलले सञ्चालन गरेको सनलाइट फर्माको गोदाममा ठुलो परिमाणमा लागूऔषध फेला पारेको थियो ।

घटना लगत्तै खरेल फरार छन् । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । खरेलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here