खोलामा खेल्ने क्रममा डुबेर चार बर्षीया बालिकाको मृत्यु

0
65

मोरङ ।

मोरङको विराटनगर महानगरपालिका– ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर चार बर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दीपक पासवानकी चार बर्षीया छोरी आरुषी पासवान रहेकी छिन् ।

घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here