कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

0
65

झापा ।

झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान गाईबस्तु खेतमा बाँध्न जाने क्रममा घर नजिकै रहेको कृषि मोटरबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक राजवंशीको दुवै छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती घरेलु झगडाका कारण माइतीघर गएकी थिइन्। उनी घरमा एक्लै बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here