नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा उद्घोषण तालिम शुरु

0
124

झापा, नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा तीन दिने उद्घोषण तालिम शुरु भएको छ ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा तालिम शरु भएको हो । तालिमको सहजीकरण सञ्चारकर्मी भीमा शिवाकोटीले गरिरहेकी छिन् ।
तलिम उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले महिलाहरु सक्षम र सवल भए देशको गरिमा बढ्ने बताउँदै आफ्नो क्षमता निर्खान सुझाव दिए ।
ठूला दलका महिलाहरु भन्दा वालकलामा पछिल्लो समय आएका राजनीतिक दलका महिलाहरु प्रखर देखिएको भन्दै आफ्नो क्षमता अभिवृद्धिका लागि सक्रिय हुन शिवाकोटीले तालिममा सहभागी महिलाहरुलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अथिति चेम्वर अफ कर्मस झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण विमलीले स्थानीय ठाउँमा उत्पादित सामग्रीलाई पनि विश्व वजारमा पु¥याउन सकिने उल्लेख गर्दै गुणस्तरीय सामग्री र वजारीकरणमा ध्यान दिन उद्यमीहरुलाई सुझाव दिए ।
कार्यक्रममा नारी संचारगृह झापाकी निर्वतमान अध्यक्ष रेजिना गौतम, वीएण्डसी अस्पतालका डा.मुकेश चौधरी, मेची उद्योग वाणिज्य संघी उपाध्यक्ष निर्मला चौहान भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी महासचिव विना थापा घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष यशोदा प्रसाईले गरेकी थिइन् । तालिममा ४० जना महिलाको सहभागीता रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here