झापा, अंकिता भेराइटिजका संचालक प्रमोद वंशलले ‘व्यवसायिक सदस्य राहत कोष’का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’का लागि वंशलले आफ्नो जन्म दिनको अवसर पारेर सहयोग रकम प्रदान गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्यका अध्यक्ष राजु न्यौपानेलाई वंशलले नगद हस्तान्तरण गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच वंशलले नगद हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ , विशिष्ठ सदस्य निर्मल भट्टराई, उपाध्यक्ष विशाल थापा, संघका महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला लगायत संघका पदाधिकारी सहभागी थिए ।
संघले स्थापना गरेको कोष वृद्धिमा आर्थिक सहयोग पु¥याउने वंशललाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रद्वारा सम्मान गरेको बताइएको छ ।





























