कनकाईमा ब्राउनसुगरसहित दुईजना पक्राउ

0
94

झापा ।

झापाको कनकाईमा ठुलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् ।

आज बिहान ६ बजेको कनकाई नगरपालिका- ३ सुरुङगाको टेम्पु स्ट्यान्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई ३ पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्लास्टिकमा ३०० ग्राम ब्राउन सुगर रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here