बिनोद सापकोटा,
झापा।

झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलको मे.१ ज. ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घटनामा भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तर पर्छ। घटनापछि धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको कमाण्डमा टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेका थिए।
दुर्घटनामा घाइते भएकामध्ये तीनजना विद्यार्थीको अवस्था मध्यम रहेको छ भने अन्य धेरैजसोको अवस्था सामान्य छ।
घाइतेहरूको विवरण यसप्रकार छः
१. झापा मेचीनगर–९ निवासी ४५ वर्षीय चालक गणेश श्रेष्ठ – टाउकोमा चोट, अवस्था मध्यम, बिर्तामोडको बिएनसी अस्पताल मा उपचार ।
२. सुरेन्द्र राईकी छोरी ६ वर्षीया सबिस्का राई – टाउकोमा चोट, बोल्न सक्ने अवस्था, बिएनसी अस्पताल
३. गोपाल बिसुङ्खेकी छोरी ४ वर्षीया समिरा बिसुङ्खे – टाउको र हातमा चोट, बोल्न सक्ने अवस्था, बि एण्ड सी अस्पताल
४. १० वर्षीय आदित्य राई – सामान्य, आम्दा अस्पताल
५. ११ वर्षीया सदिक्षा काफ्ले – सामान्य, आम्दा अस्पताल
६. ११ वर्षीय सोहित राजवंशी – सामान्य, आम्दा अस्पताल
७. ११ वर्षीय आयान सुब्बा – सामान्य, आम्दा अस्पताल
८. ११ वर्षीय अनुराग तामाङ – सामान्य, आम्दा अस्पताल
९. १२ वर्षीया कृष्पा राई – सामान्य, आम्दा अस्पताल
१०. १२ वर्षीय संयोग बिसुङ्खे – सामान्य उपचारपछि B&C अस्पताल रेफर
११. १२ वर्षीया आयानि बि.क. – सामान्य, आम्दा अस्पताल
१२. ११ वर्षीय प्रनिस राई – सामान्य, आम्दा अस्पताल
१३. ९ वर्षीय समर्पण राई – सामान्य, आम्दा अस्पताल
१४. ४ वर्षीया समिरा बिसुङ्खे – सामान्य, आम्दा अस्पताल
१५. ६ वर्षीया सोबिस्का राई – सामान्य उपचारपछि B&C अस्पताल रेफर
१६. ६ वर्षीया सुसिता किसान – सामान्य, आम्दा अस्पताल
१७. ६ वर्षीया तानसोना लिम्बु – सामान्य, आम्दा अस्पताल
१८. ७ वर्षीय सेसेहाङ लिम्बु – सामान्य, आम्दा अस्पताल
१९. ९ वर्षी अंगु बराई मगर – सामान्य उपचारपछि बिएनसी अस्पताल रेफर
२०. २३/२४ वर्षीया शिक्षक प्रिति सिवा – टाउकोमा चोट, बोल्न सक्ने अवस्था, सामान्य उपचारपछि बिएनदसीअस्पताल रेफर
प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमतिपत्र (स.चा.अ.पत्र) रहेको र मदिरा सेवन नगरेको पुष्टि भएको छ। तर स्कुल भ्यानको प्रविधिगत अवस्था भने कमजोर रहेको देखिएको छ।
झापामा अधिकांश सामुदायिक तथा निजी विद्यालयले प्रयोग गर्दै आएका पुराना र जीर्ण सवारीसाधनले विद्यार्थीको ज्यान जोखिममा परेको अभिभावकको गुनासो छ। स्थानीयवासीले विद्यालय सवारीसाधनको नियमित निरीक्षण, मर्मत तथा चालकको दक्षतालाई अनिवार्य बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।





























