- ए फोर साइजको पेपरमा समवेदना लाने
झापा , जेसीज पूर्व अध्यक्ष समाज झापाले सिसाको फ्रेममा सजाएर समवेदना नलाने निर्णय गरेको छ । समवेदना पत्र सिसाको फ्रेममा सजाएर लाने पद्धतिलाई सुधार गर्दै ए फोर साइजको पेपरमा समवेदना लाने र समवेदना पुस्तिका दिने निर्णय गरेको हो ।

२०७२ सालमा स्थापना भएको जेसीज पूर्व अध्यक्ष समाज झापाको आज सम्पन्न बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष रमेश पोखरेलले भनेका छन्– सिसाको फ्रेममा समवेदना दिँदा मृत्यु संस्कारपछि परिवारलाई सिसाको फ्रेममा सजाइएका समवेदना पत्र सम्हाल्न धेरै ठाउँमा समस्या आएको देखेपछि हामीले यस्तो निर्णय गरेका हौं ।
झापा जिल्ला भरि रहेका जेसीजका पूर्व अध्यक्षहरुको भेलाले गठन गरेको यो समाज साउन ११ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको र आगामी भदौ तेस्रो हप्ता भित्र साधारण सभा समेत गर्ने निर्णय गरिएको अध्यक्ष पोखरेलले बताए ।
वैठकले बिगतका कार्यक्रमको समिक्षा , सस्था दर्ता प्रक्रियामा सहयोग पु¥याउने बिधान मस्यौदा समिति, जिल्ला प्रसासन कार्यलय भद्रपुर झापा र अन्य सहयोगीहरुलाई धन्यवाद समेत दिने निर्णय गरेको छ ।
योसंगै स्थानीय पालिकामा सूचिकृत र आन्तरिक राजस्व कार्यलयमा प्यान नम्वर लिनका लागि जाने निर्णय समेत गरेको छ ।
गत बैशाख १३ गते भएको झापा भरिका शाखा अध्यक्ष तथा पदाधिकारीको सहभागिता आयोजना गरिएको तालिमको समिक्षा र आगामी तालिमहरु के कस्तो र कसरी गर्न सकिन्छ भन्ने विषयमा शाखा अध्यक्षहरु संग छलफल राख्ने निर्णय भएको छ ।
वैठकले समाजका सदस्य तथा गौरादह जेसीजका सस्थापक अध्यक्ष बिजय सिटौलाका पिता रामप्रसाद सिटौलाको निधन प्रति श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णय गरेको छ ।































