स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचाको औपचारिक उद्घाटन

0
67

बिराटनगर,

माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित पानस पाटी  प्यालेसमा शनिबार स्वतन्त्र नागरिक समाजकाे संस्था उदघाटन समारोह सम्पन्न भएको छ ।स्वतन्त्र नागरिक समाज, सुन्दरहरैँचा मोरङको औपचारिक उदघाटन एक कार्यक्रमका बीच सम्पन्न भएको हाे ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्की प्रमुख अतिथि तथा कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष नेत्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले समाजलाई शुभकामना दिंदै  बेथिति, अनियमिता र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईंले संस्थाको उद्देश्य र भावी योजनाहरूको बारेमा जानकारी दिँदै उद्घाटन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले संस्थाले समाजमा फैलिएका बेथिति, अनियमिता र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने बताए । साथै, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाका क्षेत्रमा पनि क्रियाशील बनाईने बताए। संस्थालाई व्यवस्थित र पारदर्शी बनाउदै लैजाने उद्येश्यले संस्थाको विधानको परिधि भित्र रहि साधारण र आजिवन सदस्यहरु विस्तार गरिदै लगिने बताए।

विविन्न सरकारी तथा गैह्र सरकारी संघ संस्था संगसमन्वय र सहकार्य गरी संस्थालाई स्वावलम्बी र संवृद्ध बनाउदै लगिनेछ । समाजमा रहेका आवाज बिहिनहरुको आवाज बन्दै सेवा प्रदायक संस्थाहरु संग सेवाको पहुच सम्म पुग्ने यो संस्था एक सहारा बन्नेछ । त्यस्ता ब्यक्तिहरुको आसा र भरोशाको केन्द्र यो संस्था बन्दै जानेछ भन्ने कुरा यस कार्यक्रम मार्फत  प्रतिबद्धता समेत व्यक्त गरे।

यस्तो छ संस्थाले आगामी दिनहरुमा गर्ने कार्य

संस्थाले प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा ईजाजत प्राप्त गरि मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ । संस्थालाई आवश्यक पर्ने भवन, निर्माणगर्ने भाडामा लिने वा लिजमा लिनेछ र कम्प्युटर टेलिफोन, फ्याक्स फर्निचर जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।

संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ती गर्न र सेवाका सर्तहरु निर्धारण गर्न सक्नेछ । संस्थामा प्राप्त रकम बैकममा जम्मा गरी बैक खाता संचालन गर्नेछ ।
अन्य संस्थासँग समन्वय कायम गरि स्वयमसेवक भई काम गर्ने र प्रतिनिधि नियुक्ती गर्न सक्नेछ

यो संस्थाले कुनै किसिमको राजनैतिक गतिविधि गर्ने छैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको हक हनन गरिने छैन र नेपालको प्रचलित कानुन विपरित कुनै काम गरिने छैन । नेपाल सरकारको स्वीकृति लिएर मात्र गर्नु पर्ने कार्यको हकमा सम्वन्धित निकायको पूर्व स्वीकृति
लिएर मात्र कार्य गरिनेछ ।

कुनै कार्य गर्नका लागि अन्य संस्था संग समन्वय गरि कार्य गर्न सक्नेछ । संस्था संग सम्वन्धित आवश्यक कुराहरु:- संस्थाका विरुद्धमा परेका मुद्धा मामिलाको पुर्पक्ष गर्ने। प्रतिरक्षा गर्ने लिखित जवाफ पेश गर्ने र यस सम्वन्धमा आवश्यक कानुनी सेवा प्राप्त गरि आफ्नो हक अधिकार र सहुलियत सुरक्षित राख्नेछ । यो संस्थाले कुनै पनि किसिमको सिन्डिकेट र कार्टेलिङ्ग गर्ने छैन ।

स्वतन्त्र नागरिक समाज एक मध्यस्थ गैह्रसरकारी संस्थाको रुपमा रहनेछ । यो संस्थाको कार्यक्षेत्र मोरङ्ग भरी रहेता पनी आगामी दिन प्रदेश हुदै देशभरी यस्को कार्यक्षेत्र बिस्तार गरिनेछ । खास गरी सुन्दरहरैचा नगरपालिका भित्र समुदाय स्तरका स्वतन्त्र नागरिक संस्था बाह्र वटै वडामा बिस्तार गरी समुदायका नागरिकको क्षमता अभिबृद्धी सचेतना तथा राज्य संग निरन्तर बिकास निर्माणका कार्य संचालन गरिनेछ।

संस्थाको केन्द्रिय कार्यालय हाल सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ गछियामा रहेको भबिस्यमा आफ्नै भवन बनाई आफ्नै भवनबाट स्वतन्त्र नागरिक समाज संचालन हुनेछ। कार्यक्रमामा बिशिस्थ अतिथि विशिष्ट अतिथि,अतिथिहरुले शुभकामना दिंदै जनताको हितमा काम गर्न सुझाव दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here