अर्जुनधारामा ग्वाली जलेर नष्ट

0
63

झापा ।

झापाको अर्जुनधारामा ग्वाली जलेर नष्ट भएको छ ।

अर्जुनधारा नगरपालिका–९ स्थित प्रणामी टोल बस्ने राम बस्नेतको जस्ता र काठले बनेको एक तले गाईगोठमा खोले पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट हुँदा करिब दुई लाख बराबरको क्षति भएको छ ।

आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here