बिर्तामोडमा आठ जना जुवाडे पक्राउ

0
121

झापा,

झापाको बिर्तामोडमा ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवाडेहरूलाई एक लाख १४ हजार ५५५ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित बिर्तामोड बसपार्क छिर्ने बाटोको ट्राफिक बिट छेउको सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया नास्ता पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ७ बजे छापा मारेको थियो ।

पक्राउ पर्नेहरूमा इलाम नगरपालिका– ९ गोलाखर्क घर भई हाल बिर्तामोड– ५ धिमाल चोकका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई १ बरबोटे घर भई हाल अर्जुनधारा– ११ बसपार्कका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथीभरा याङबरक– २ थेचम्बु घर भई बिर्तामोड– ६ स्यालडाँगीका ४२ वर्षीय भूपालकुमार कटुवाल, पाँचथर हिलिहाङ– ८ भारपा घर भई हाल बिर्तामोड– ५ किराँत चोकका २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम– ४ थापाटार घर भई हाल बिर्तामोड– ५ सगरमाथा टोलका ४९ वर्षीय हेमबहादुर थापा , झापा धरमपुर घर भई हाल बिर्तामोड– ५ बसपार्कका ५१ वर्षीय गोपाल श्रेष्ठ ,पाँचथर लालीखर्क घर भई हाल बिर्तामोड– ६ बुट्टावारिका ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ– ७ घर भई हाल बिर्तामोड– ५ बसपार्कका ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।

६ बुङ नखोलिएको तास, ६ बुङ खोलिएको तास र नगदसहित ८ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here