झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले शिक्षा सेवी गुरुभक्त न्यौपानेको निधन प्रति दुःख व्यक्त गरेको छ ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार समेत रहेका न्यौपानेको निधन प्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरेको हो ।
प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले शोक विज्ञप्ति जारी गर्दै स्व. न्यौपानेको आत्माको चीर शान्तिको कामना सहित शोकालुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । जारी विज्ञप्तिमा उनको निधनले झापा व्याब्सन परिवार स्तव्ध र मर्माहत भएको उल्लेख गरिएको छ ।
न्यौपानेको पार्थिव शरीरमा प्याब्सन झापाको झण्डा ओडाई माल्यार्पण सहित श्रदान्जली अर्पण गरेको प्याब्सन झापाका सचिव उप्रेतीले जानकारी ।






























