अर्जुनधारा ।

झापाको बिर्तामोड नगरपालिका–४स्थित तारा नमस्ते बालग्रामका अनाथ बालबालिकालाई सोमबार एक कार्यक्रमकोबीच स्टेसनरी सामग्री एवम् मिठाई वितरण गरिएको छ ।
अर्जुनधारा नगरपालिका–७ निवासी बाबुछोरी पूर्वाञ्चल राष्ट्रिय दैनिकका कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारीको ५४औं र उनकी छोरी रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी उपाध्यक्ष अर्चना अधिकारीको जन्मोत्सवको सन्दर्भमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

वितरण गरिएको सामग्रीहरुमा कपी, डटपेन, पेन्सिल, इरेजर आदि रहेका छन् । कार्यक्रममा होमप्रकाश र अर्चना अधिकारीसँगै बिर्तामोड आँखा अस्पतालका अप्टोमेट्रिक्स गणेश खड्का, फेशन कोरियोग्राफर बबिता आचार्यलगायतको सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्र्तगत जन्मोत्सव विशेष कार्यक्रममार्फत् बालग्राममा रहेका बालबालिकाहरुको लागि केही गर्न पाएकोमा आफू खुसी भएको कार्यकारी व्यवस्थापक अधिकारीले बताए । हाल उक्त बालग्राममा ३० जना अनाथ बालबालिका रहेका छन् ।































