प्रहरी कार्यालय पुर्ननिर्माणका लागि व्यवसायी शिवाकोटीद्वारा एक लाख सहयोग

0
170

झापा, जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएका प्रहरी संरचना पुर्ननिर्माणका लागि बिर्तामोडका युवा व्यवसायी प्रकाश शिवाकोटीले आर्थिक सहयोग गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको भवन पुर्ननिर्माणका लागि अलस्का अटोमोवाइल्स प्रा.लि.का सञ्चालक शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उद्योग वाणिज्य संघ कोशीका सदस्य तथा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष समेत रहेका शिवाकोटीले आज भवन पुर्ननिर्माण अभियानमा सक्रिय युवा पदम श्रेष्ट, रमेश चौधर र वीपिन बजगाई लगायतको टोलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सुरक्षा विनाको व्यवसाय सम्भव नहुने भन्दै शिवाकोटीले प्रहरी कार्यालय पुर्नस्थापनमा सबैले सहयोग गर्नु पर्ने बताए । उनले बिर्तामोडका सबै उद्योगी व्यवसायीलाई सहयोग गरेर पुर्ननिर्माणको कामलाई तत्काल सम्पन्न गर्न अनुरोध समेत गरे ।

बिर्तामोडका युवाहरुले स्वतस्फूर्त रुपमा शनिवारबाट इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन सरसफाईका साथै पर्ननिर्माणको काम शुरु गरेका छन् । पुर्ननिर्माणको काम शुरु भएसंगै विभिन्न व्यक्ति तथा व्यवसायीहरुले सहयोग रकम प्रदान गर्न शुरु गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here