बिर्तामोड । वीरता जुनियर जेसीजको आयोजनामा सप्ताहव्यापी तालिम शुरु भएको छ ।

वीरता जुनियर जेसीज टे«निङ सप्ताह नाम दिएर शुरु भएको तालिमको उद्घाटन वीरता जेसीजका पूर्व अध्यक्ष गणेश शाक्यले गरेका थिए । आठ दिनसम्म सञ्चालन गरिने १२ वटा तालिम समावेश भएको जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईंले जानकारी दिए ।

१३ देखि २३ वर्ष उमेर समूहका ४० जनाको सहभागितामा तालिम शुरु भएको छ । पहिलो दिन प्रमुख प्रशिक्षक शिवकुमार अग्रवाल, लीला अनमोल र प्रभा पराजुलीले तालिमको सहजीकरण गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष समेत रहेका अग्रवालले जेसीजको विषयमा जानकारी गराएका थिए । सञ्चारकर्मी लीला अनमोलले माइन्युट लेखन र लिटल फ्लावर्स इङलिस स्कूलकी शिक्षक पराजुलीले व्यक्तिगत विवरण लेखन सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् ।
जुनियर जेसीजका अध्यक्ष गोसाईंको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन युवा सशक्तिकरण संयोजक निश्चल बस्नेतले गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षद्वय घनश्याम चौधरी, विशाल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वीरता जुनियर जेसीजले सिग्नेचर प्रोजेक्टका रुपमा जुनियर जेसीज टे«निङ सप्ताह शुरु गरेको अध्यक्ष गोसाईले जानकारी दिए । कार्यक्रमको सञ्चालन वीरता जुनियर जेसीजकी थिम डाइरेक्टर श्रव्या पराजुलीले गरेकी थिइन् ।
प्रशिक्षार्थीका लागि नेतृत्व र व्यक्तित्व विकास तालिम, समय व्यवस्थापन, उद्घोषण,पबिलक स्पििक, शेयस मार्केट, वैठक व्यवस्थापन जस्ता विषयमा तालिम प्रदान गरिने जनायउको छ ।































