मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु

0
53

झापा, मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर ४ मा सञ्चालित छ ।
शिवसताक्षी नगरपालिकाले उद्धार पठाएको ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।
उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानब सेवा आश्रममा पठाएको थियो । योसंगै करिव एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ जना आश्रितहरुको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here