नमूना युवा क्लब र सेतीपानी एफसी क्वाटरफाइनल प्रवेश

0
82
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा सोमबारदेखि सुरु भएको एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को क्वाटरफाइनलमा नमूना युवा क्लब (माई नगरपालिका) र सेतीपानी फुटबल क्लब (अर्जुनधारा नगरपालिका) पुग्न सफल भएको छ ।
स्थानीय २ नं. वडा खेलमैदानमा सम्पन्न भएको पहिलो उद्घाटन खेलमा आयोजक एसवाईएस फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै नमूना युवा क्लब क्वाटरफाइनल पुग्न सफल भएको हो ।
नमूनाको जीतका लागि खेलको १६औं र २२ मिनेटमा राजन मगरले दुई गोल, १५औं मिनेटमा रोशन बराइलीले एक गोल र एक गोल आत्मघातीबाट पाएका थिए । यता आयोजकका लागि दिनेश मगर र हिङमाङ्ग मगरले सान्तवना गोल गरेका थिए ।
खेलमा दुई गोल गर्ने विजेता टिमका राजन मगर खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरिएको थियो । उक्त नगद पुरस्कार अर्जुनधारा नगर सभा सदस्य सुमनकुमारी राईले सौजन्य गरेकी थिइन् ।
त्यसैगरी सोही दिन सम्पन्न अर्को खेलमा खर्वनी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेतीपानी फुटबल क्लब क्वाटरफाइनल पुग्न सफल भएको हो ।
सेतीपानीको जीतका लागि खेलको पहिलो र २२औं मिनेटमा दीपशन कटुवालले दुई गोल र ३६औं मिनेटमा पूजन नेम्वाङले एक गोल गरेका थिए । यता खर्वनीका लागि खेलको १०औं मिनेटमा रुपेश राईले सान्तवना गोल गरेका थिए ।
विजेता टिमका पूजन नेम्वाङ खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरिएको थियो । उक्त नगद पुरस्कार खुदुनाबारी रेडक्रस सोसाईटी उपशाखाका एम्बुलेन्स चालक तुलसी खनालले सौजन्य गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली(मंगलबार)को पहिलो खेल विहान १२ बजे होक्से युवा फुटबल क्लब(बुद्धशान्ति गाँउपालिका) र दहीझोडा फुटबल क्लब(अर्जुनधारा नगरपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे शनिश्चरे बहुमुखी क्याम्पस फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र ब्रदर्स युनाइटेड फुटबल क्लब(भद्रपुर) नगरपालिका)बीच हुने आयोजक सचेत युवा समूहका सल्लाहकार मुकुन्द भण्डारीले जानकारी दिए ।
स्थानीयतस्तरमा खेलकुदको माध्यमबाट युवाको सशक्तिकरण एवम् स्थानीय खेलमैदानको संरक्षण गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले गरेका थिए । समूहका सचिव शिव भट्टराईले स्वागत मन्तव्य राखेको प्रतियोगिता उद्घाटन कार्यक्रमको सञ्चालन सल्लाहकार भण्डारीले गरेका थिए ।
आगामी कात्र्तिक ३ गते लक्ष्मी पूजाको दिन फाइनल खेल रहेको प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here