मोरङमा कैदीको मृत्यु

0
46

विराटनगर ।

मोरङ कारागारका एकजना कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि कोशीले कात्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो ।

सापकोटा गत साउन १२ गतेदेखि पुर्पक्षका लागि मोरङ कारागारमा रहेका थिए । हाल जिल्ला कारागार मोरङमा एक हजार १८७ जना कैदीबन्दी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here