पथरी शनिश्चरेमा चोरी : मिश्रिलाल शाहको घरबाट सुन,चाँदी र नगद चोरी

0
51

पथरी शनिश्चरे।

पथरी शनिश्चरे–१ अन्नपूर्ण लाइनस्थित मिलन फर्निचरका सञ्चालक मिश्रिलाल शाहको घरमा आइतबार साँझ चोरी भएको छ।

शाहका छोरा राजेश शाहका अनुसार आईतवार करिब बेलुकी ६ बजे घरमा कोही नभएको मौका छोपी चोरले दराजमा राखिएको ४ तोला सुन, २३ तोला चाँदी र नगद ४ लाख रुपैयाँ चोरी गरेको हो ।

घटनास्थल इलाका प्रहरी कार्यालय पथरीबाट करिब २ सय मिटर टाढा रहेको छ। प्रहरीले घटनापछि शंकास्पद चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

हालै पथरी शनिश्चरे क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। सुनपसलदेखि लिएर निजी घरसम्म दिउँसै चोरी हुने क्रम बढेपछि स्थानीयवासीले सुरक्षा व्यवस्थाप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरूले प्रहरीको उपस्थिति र गस्ती प्रणालीलाई अझ प्रभावकारी बनाउन माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here