भद्रपुर, असोज १५ । झापाको पृथ्वीनगरमा आजदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
झापा तरुण दल ३ नम्बर क्षेत्रिय समिति तथा कोसेली समाज पृथ्वीनगरले नेपालको संविधान २०७२ घोषणा भएको खुृशीयाली तथा नेपालीहरुको महान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु गरेको हो ।
पृथ्वीनगर ५ स्थित गौरीशंकर फुटबल मैदानमा आज भएको पहिलो दिनको उदघाटन खेलमा झापा ७ सुरुङ्गा र बनियानी फुटबल क्बलले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आयोजक निकट गौरीशंकर ‘ए’ पृथ्वीनगरलाई शुन्यको विरुद्ध तीन गोल गर्दै झापा ७ ले विजयी सुरुवात गरेको हो । मैदानमा सुरुदेखि नै गौरीशंकरका खेलाडीलाई दवावमा राखेका झापा ७ को तर्फबाट विर मगर, अभिषेक मगर र युवराज हेमरमले एक÷एक गोल गरेका थिए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा बनियानी फुटबल क्वल विजयी भएको छ । सिता ज्योती सोमबारे पृथ्वीनगरलाई शुन्यको विरुद्ध दूई गोल गर्दै बनियानीले प्रतियोगितामा बिजय सुरुवात गरेको हो । बनियानीका तर्फबाट सन्तोष लिम्बु र नविन गुरुङ्गले एक÷एक गोल गरेका थिए ।
तरुण दलका क्षेत्रीय सभापति खड्क लिम्बुको अध्यक्षता तथा लोकतान्त्रि खेलकुृद संघ झापाका अध्यष मनोज सुब्बाको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, पृथ्वीनगर गाउँ समिति सभापति चिन्तामणि खरेल, तरुण दलका क्षेत्रीय सदस्य मनबहादुर लिम्बु लगायतले बोल्नु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय समितिका सचिव दिलबहादुर कार्कीले गरेका थिए ।
झापाका १६ वटा टिम सहभागी रहेको प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजार सहित शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजक समितिका खेल संयोजक फागो सुब्बाले जानकारी दिए ।
यता शनिवार हुने दोस्रो दिनको पहिलो खेलमा झापा एफसी राजगढ र पृथ्वीनगरको बि गाँउ बिच भिडन्त हुने भएको छ भने दोस्रो खेलमा बालुवाडी फुटबल क्वल र सिरीजंगा फूटबल क्लव पृथ्वीनगर बिच भिडन्त हुने आयोजक समितिका सुब्बाले जानकारी दिए ।