कमल ।

नेकपा एमाले कमल गाउँकमिटीको सचिवालय बैठक तथा एक महिने विशेष अभियान अन्तर्गत अभियानको भेला सम्पन्न भएको छ ।
गाउँकमिटीको आयोजनामा कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा अभियान अन्तर्गतको भेला सम्पन्न भएको हो ।
केन्द्रिय, प्रदेश, जिल्ला र गाउँकमिटीका पदाधीकारीहरुको उपस्थितीमा सम्पन्न भेलामा बोल्दै केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ ईन्चार्ज दिपक कार्कीले अहिलेको जेनजी आन्दोलन पछिको परिस्थितीको समाना गर्दै देशमा आएको संकट जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि देशमा ठुलो संकट आएको छ । यस्तो अवस्थामा देशलाई जोगाउन नेकपा एमालेका सबै संगठनहरु आ आफ्नो ठाउँ बाट लाग्नु पर्छ । अहिले अन्य चुपचाप बसेका छन् ।
देशमा सकट आएको बेला अग्रपंतीमा रहेर देश बचाउने भनेकै एमाले भएको ले सबै मिलेर पार्छीले अगाडी सारेको एक महिने विशेष अभियान सफल बना सबै लाग्नु पर्ने नेकपा एमाले प्रदेश कमिटि सदस्य बेनु सिवाकोटीले बताउनुभयो ।
अहिले देशको परिस्थिती एकदमै अप्ठ्यारोमा छ । यस्तो अवस्थामा हामी सबै एकजुट भएर देशलाई बचाउनु पर्ने अवस्था आएकोछ । यसकालागी पार्टीले अघी सारेक हरेक गतिविधीमा सक्रिय रुपमा सहभागी यो विशम परिष्थीतीको सामना गर्नु पर्ने नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले बताउनु भयो ।
एमालेले अघी सारेको एक महिन विशेष अभियान अनर्गत केन्द्रिय कमिटी बाट प्राप्त सर्कुलर बमोजिमको कार्तिक २२ गते देशै भरमा वार्ड स्तरीय जनसभा वा सांस्कृतिक सभा गर्ने,कार्तिक २५ गते सबै पालिका स्तरीय जनसभाको आयोजना गर्ने र सो जनसभामा बृहत् मोटरसाइकल र्याली को आयोजना गर्नुका साथै कार्तिक २९ गते ७७ वटै जिल्ला स्तरीय जनसभाको आयोजना गर्ने नेकपा एमालेले जनाएको छ ।
नेकपा एमाले कमल गाउँकमिटी अध्यक्ष हरी ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्भालन सचिव विरेन्द्र अधिकारलिे गर्नु भएको थियो ।


























