भद्रपुर भन्सारबाट निस्किएको सामानसहितको पिकअप सशस्त्रले राजश्व पठायो

0
86

झापा ।

सशस्त्र प्रहरीले भद्रपुर भन्सारबाट निस्किएको सामानसहितको एउटा पिकअप गाडी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुझाइदिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मङ्गलवार दिउँसो २:४० बजेको समयमा भद्रपुर-८ स्थित क्याम्पस मोडबाट नियन्त्रणमा लिएको सामानसहितको पिकअप राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइदिएको हो ।

भन्सार कार्यालयबाट निस्किएको पिकअपमा २० बोरा झ्याम्टा (बाजा) को सामान थियो । महादेव ट्रेड सेन्टर मेचीनगरले सो झ्याम्टाको १३ लाख ९२ हजार ६६४ रुपैयाँ राजश्व भन्सारमा तिरेको थियो ।

तर, सशस्त्रले नियन्त्रणमा लिएको पिकअप चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र नभएको, भ्याट बिल र भीसीटीएस भएकोमा प्रस्थान स्थान फरक देखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रवक्ता तथा डीएसपी रोहितबहादुर घिमिरेले जानकारी दिए ।

प्रज्ञापनपत्र र प्रस्थान स्थान फरक देखिएकोले सामानसहित पिकअपलाई आवश्यक कारबाहीका लागि मङ्गलवार नै राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here