महारानीगञ्ज माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
61
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमकोबीच गत आर्थिक वर्ष २०८१/०८२को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
शिक्षक अभिभावक संघकी अध्यक्ष एवम् सामाजिक परीक्षण प्रतिवेदन उपसमितिकी संयोजक इन्दिरा गिरीको अध्यक्षता र अर्जुनधारा नगरकार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारको प्रमुख आतिथ्यमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको होे ।
कार्यक्रममा शिक्षक एवम् उपसमितिका सदस्य मणिलाल खड्काले सामाजिक परीक्षण प्रतिवेदन र अर्का शिक्षक एवम् उपसमितिका सदस्य प्रदीपकुमार बस्नेतले प्रतिवेदन मूल्यांकन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा विद्यालयको भौतिक अवस्था, विद्यालय सञ्चालन, विद्यार्थी संख्या तथा शैक्षिक उपलब्धी–२०८१, विद्यार्थीको सिकाइ उपलब्धी विवरण, गत आर्थिक वर्षको आय–व्यय विवरण उल्लेख गरिएको थियो । प्रतिवेदन अनुसार विद्यालयले गत आर्थिक वर्षमा एक करोड ३५ लाख छ हजार छ सय ५४ रुपैयाँ ६० पैसा बराबरको आर्थिक कारोबार गरेको छ ।
कार्यक्रमका सहभागीहरुले प्रतिवेदनमा माथि उठाएका विभिन्न विषय बारे प्रधानाध्यापक मनबहादुर लिम्बूले जवाफ दिएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, जुनकिरी सार्वजनिक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत राना मगर, महारानीगञ्ज टोल विकास समितिका संयोजक नरेन्द्र खड्का, सामाजिक व्यक्तित्व बुद्धिलाल चौधरीलगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य केशव अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here