विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरु आज साँझदेखि बन्द

0
76

झापा,

भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू आज साँझदेखि ७२ घण्टाका लागि बन्द हुँदैछ ।

भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, डिगलबैंक र गौरीगञ्ज सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रशासनले आज सूचना जारी गर्दै विहारमा विधानसभाको दोस्रो चरणको निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यही नोभेम्बर ११ तारिख अर्थात् कार्तिक २५ गते निर्वाचन हुँदैछ ।

किशनगञ्ज जिल्लासँग जोडिएका नाकाहरू नोभेम्बर ८ तारिख साँझ ६:१५ बजेदेखि नोभेम्बर ११ तारिख साँझ ६:१५ बजे (कार्तिक २२ गते शनिवार ६:१५ बजेदेखि कार्तिक २५ गते मंगलबार ६:१५ बजे)सम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here