ढडुवा युवा क्लबको पहलमा रक्तदान कार्यक्रम सम्पन्न

0
72

 हल्दिबारी ।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरणस्वरूप ढडुवा युवा क्लबको आयोजनामा हल्दिबारी गाउँपालिका–३ ढडुवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय संघ–संस्था र समाजसेवीहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रमको उद्घाटन वडा नं.–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यतामा गरिएको थियो। सो अवसरमा रेडक्रस जलथलका अध्यक्ष रेम खरेल, रेडक्रस हल्दिबारीका सचिव कृष्ण प्रसाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जेसिज हल्दिबारीकी अध्यक्ष युनिता दवाडी, र ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्यलगायतका सामाजिक अगुवाहरूको उपस्थिती उल्लेखनीय थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोग, वडा कार्यालयको समन्वय, तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा ३ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३५ जनाले रक्तदान गरेका थिए।

क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले रक्तदान कार्यक्रमलाई क्लबको नियमित सामाजिक अभियानको रूपमा अघि बढाइने र यसले स्थानीय तहमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

औपचारिक भाषण वा मन्तव्य बिना सम्पन्न गरिएको कार्यक्रममा स्थानीय युवाहरूको सेवाभाव, एकता र सक्रियताले कार्यक्रमलाई थप प्रभावशाली बनाएको सहभागीहरूको भनाइ छ। उनीहरूले यस्ता गतिविधिले ढडुवा क्षेत्रमा सामाजिक जागरण र मानवीय सहयोगको भावना बलियो बनाएको बताएका छन्।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन र सहजीकरण क्लबका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here