झापा, झापाको दमक नगरपालिका–५ लक्ष्मीटोलकी एक महिला आफ्ना दुई सन्तानसहित बेपत्ता भएकी छन्।
३८ वर्षीय मिनप्रसाद शर्माकी श्रीमती २८ वर्षीया आशा शर्मा आफ्ना ८ वर्षीय छोरा अविनाश शर्मा र ३ वर्षीया छोरी आरोही शर्मालाई साथमा लिएर घरबाट निस्किएपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार कार्तिक २२ गते अपराह्न करिब ४ बजे आशा शर्माले कसैलाई कुनै जानकारी नदिई घर छोडेकी थिइन्। आफन्त र नातागोता सबै ठाउँमा खोजतलास गर्दा पनि फेला नपरेपछि श्रीमान् मिनप्रसाद शर्माले राति ११ बजे इलाका प्रहरी कार्यालय दमकमा सूचना दिएका हुन्।






























