इलाममा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु,चालक फरार

0
96

निशान निरौला,
इलाम ।

इलाम–पाँचथर जोड्ने भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलामको सन्दकपुर गाउँपालिका–२, गोरुवाले भञ्ज्याङ नजिक लोक्ता (नेपाली कागज बनाउन प्रयोग हुने कच्चा पदार्थ) बोकेर पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३–त ३४०२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो। र्दुघटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी बन्दुकेमा आएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

दुर्घटनामा जिल्ला पाँचथर, फिदिम नगरपालिका–१४ बस्ने ३३र३४ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। सोही ट्याक्टरमा सवार फिदिम नगरपालिका–१३ बस्ने ४५ वर्षीय टंक तामाङको बायाँ खुट्टा र आँखाको डिलमा चोट लागेको छ।

फिदिम कै ४० वर्षीय युद्धकुमार राई भने सामान्य अवस्थामा फेला परेका छन्। दुवै घाइतेको फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर चालक संखुवासभा, मकालु गाउँपालिका–३ बस्ने २३ वर्षीय बिकुल पराजुली भने हाल फरार रहेको र उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा अतिरिक्त प्रहरी टोली खटाइएको पनि इलाम प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here