नेपाल चलचित्र निर्माता संघको सचिवमा गिरीको उम्मेदवारी

0
66

झापा, नेपाल चलचित्र निर्माता संघको मंसीर १ गते हुने निर्वाचनमा सचिव पदका लागि झापाका युवराज गिरीले उम्मेदवारी दिएका छन्।
उनले सचिव पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन्। गिरीले सुनिलकुमार थापाको नेतृत्वको प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका छन्।
युवराज गिरी ग्राण्ड प्रालिका अध्यक्ष हुन् र चलचित्र क्षेत्रमा विभिन्न पहलका लागि परिचित छन्। उनले ‘फुलमाला’ चलचित्रमा कलाकारका रुपमा अभिनय गरेका थिए भने ‘वानर सेना’ चलचित्रको निर्माता पनि रहेका छन्। साथै, गिरीले चाँडै ‘किसान’ नामक नयाँ चलचित्र निर्माण गर्ने योजना बनाएका छन्।
संगीत तथा टेलिभिजन क्षेत्रमा पनि गिरी सक्रिय छन्। उनको ‘ ४० को म २० कि ऊ  ’ नामक म्युजिक भिडियो अत्यधिक लोकप्रिय भएको थियो। त्यस्तै, उनले सोही नामको टेलि सिरियल पनि निर्माण गरेका छन्।
निर्माता संघमा हाल ३२४  जना मतदाता रहेका छन्। सदस्य पदमा सबै सर्वसम्मत चयन भएका छन् भने अध्यक्षसहित अन्य पदाधिकारीको निर्वाचन हुन लागेको छ। निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा राजेन्द्र सलभ, र निर्वाचन अधिकृतमा ताराकुमार श्रेष्ठ तथा शान्तिप्रय रहेका छन्।
संघको आगामी कार्यकाल १५ सदस्यीय समितिसहित ३ वर्षको रहनेछ। अध्यक्ष पदका लागि सुनिलकुमार थापा र उदयकुमार इङनाम (सुब्वा) नेतृत्वको प्यानलसँग प्रतिस्पर्धा हुँदैछ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here