कोशीमा भयावह भन्दै लागू औषध कारोबार : बेवारीसे ३१७ किलोग्राम लागूऔषध गाँजा बरामद

0
65

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा लागू औषध गाँजाको ओसार पसार गर्नेको संख्या बढेसँगै प्रहरीलाई चुनौती थपिएको छ। आइतबार मात्र सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (पीआईटी), इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान-४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को. ३० प ४५४४ र बा. ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद हो।

यसै गरी बिशेष सूचनाको आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थितमा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २ सय ६८ किलोग्राम गाँजा बरामद गरेको कोशी प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।

गाँजा बरमद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता पोखरेलले बताए। यस्तै, झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तीक २८ गते प्रतिबन्धित लागूऔषध सहित १० जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देबराज श्रेष्ठलाई २ ग्राम ६० मिलिग्राम, राम कुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम, सुफर मडीलाई ५ सय २० मिलिग्राम र अनुप महतोलाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थायी प्रहरी पोष्ट कोठु उदयपुरले प्रकाश नेपालीलाई ६०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले सनम तामाङलाई ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी सहित इलाका प्रहरी कार्यालय धरानले बराक्षेत्र-४ का सुनिल गिरीलाई लागूऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसका साथै सामुदायिक प्रहरी बिट हवाइ चौकले लागू औषधको कारोबार भई रहेको सूचनाको आधारमा ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १० ट्याब्लेट सहित यनि लिम्बु, रिवाज राई र सुजन राईलाई नियन्त्रणमा लिएको प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता पोखरेलले बताए । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको जनाएको छ।

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।

कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here