लागूऔषधसहित पक्राउ

0
42

झापा।

लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा –२ खुदुनाबारीका एक युवक पक्राउ परेका छन् ।

भद्रपुरस्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री अर्जुनधारा –२ खुदुनाबारी बस्ने ३१ वर्षीय बिरबहादुर कुमाललाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ६ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here