अन्तर सामुदायिक वन भेट्रान्सको सेमीमा दाहालटार र जुकेखाडी

0
44

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरमा जारी अन्तर सामुदायिक वन उपभोक्ता समूह भेट्रान्स नकआउट फुटबल प्रतियोगिता–२०८२को सेमीफाइनलमा अर्जुनधारा–२ र माई–४ स्थित दाहालटार र अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह पुग्न सफल भएको छ ।

चासोक तङनाम एवम् उधौली पर्वको अवसरमा स्थानीय चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा आयोजित प्रतियोगिता अन्र्तगत सोमबार संस्कृति खेलमैदानमा सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहलाई २–१ गोल अन्तरले पराजित गर्दै दाहालटार सेमीफाइनलमा पुग्न सफल भएको हो ।

दाहालटारको जीतको लागि खेलको ५औं र २०औं मिनेटमा क्रमश सुजन दर्लामी मगर र मनकुमार लिम्बूले गोल गरेका थिए । यता दहीझोडाको लागि खेलको २५औं मिनेटमा सुरेन्द्र आङदेम्बेले सान्तवना गोल गरेका थिए ।

खेलमा उत्कृष्ट खेलाडी विजेता टिमका सुजन दर्लामी मगर घोषित भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका–११का वडाध्यक्ष खगेन्द्र इङनाम, आयोजक समितिका अध्यक्ष राजेश जवेगुलगायतले नगद पुरस्कार १५ सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”ले सौजन्य गरेका थिए ।

सोही दिन सम्पन्न दोस्रो खेलमा अर्जुनधारा–३ र माई–४स्थित सुखानी सामुदायिक वन उपभोक्ता समूहलाई ५–० गोल अन्तरले पराजित गर्दै जुकेखाडी सेमीफाइनलमा पुग्न सफल भएको हो । जुकेखाडीको लागि पहिलो गोल खेलको १७औं मिनेटमा आत्मघातीबाट प्राप्त भएको थियो । त्यसैगरी खेलको ३२औं, ३९औं, ४१औं र ४८औं मिनेटमा क्रमश इन्द्र कटुवाल, विकास खड्का, तिलक रम्तेल र कुमार राईले गरेका थिए ।

खेलमा उत्कृष्ट खेलाडी विजेता टिमका कुमार राई घोषित भएका थिए । उनलाई आयोजक समितिका अध्यक्ष जवेगु, महेन्द्र आङदेम्बेलगायतले नगद पुरस्कार १५ सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार युवा व्यवसायी उद्धव कुँवरले सौजन्य गरेका थिए ।

भोलि(मंगलबार)को पहिलो सेमीफाइनल खेल दिँउसो १ बजे अर्जुनधारा–९ र ११स्थित नमूना सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा–२ र माई–४ स्थित दाहालटार सामुदायिक वन उपभोक्ता समूह तथा अन्तिम सेमीफाइनल खेल दिँउसो २ बजे अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहबीच प्रतिस्पर्धा हुने आयोजक समितिका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक विजय सेन्दाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here