झापा, बिर्तामोड नगरपालिका–९ धौलापुल नजिक बिर्तामोड–भद्रपुर सडक खण्डको किनारमा दुई लाख ५० हजार मूल्य बरावरको खाद्य सामग्री फेला परेको छ ।
अस्थायी प्रहरी पोष्ट गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले प्लास्टिकका बोरा भित्र राखिएको दुई लाख ५३ हजार ६ सय २० रुपैयाँ बरावरको सामग्री फेला परेको थियो ।
उक्त सामग्री सडक छेउमा बेवारिसे अवस्थामा भेटिएपछि गस्ती टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको राखेको छ ।
प्रहरीले कालो तिल, सेतो तिल , मरिच , चिनी , खाने तेल, चना दाल,चना बेसन, लगायतका सामग्री फेला पारेको हो । सो सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामग्री कस्को हो भन्ने विषयमा नखुलेको प्रहरीले जनाएको छ ।































