इक्यान झापाद्वारा पाँच विभागको जिम्मेवारी बाँडफाँड, प्रमुख सल्लाहकारमा जमरकट्टेल चयन

0
181

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले संघको विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले विभागको जिम्मेवारी बाँडफाँड गरेको अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सामाजिक उत्तरदायित्व (सीएसआर) विभाग प्रमुख तथा जापानिज भाषा परीक्षा प्रमुखको जिम्मेवारी इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीलाई दिइएको छ ।

त्यस्तै तालिम विभागको प्रमुख जिम्मेवारी कार्यसमिति सदस्य नवीन बोहोराले पाएका छन् । अतिरिक्त क्रियाकलाप (ईसीए) विभाग प्रमुखको जिम्मेवारी कार्यसमिति सदस्य सरोज खरेललाई दिइएको छ । संगठनको सदस्यता विभाग प्रमुखका रुपमा कार्यसमिति सदस्य मोहन पराजुली रहेका छन् ।

त्यस्तै इक्यानको झापाको अनुशासन विभागको प्रमुखका रुपमा निशा दुलाल रहेको इक्यान झापाका अध्यक्ष कार्कीले जानकारी दिए ।

इक्यान झापाको पाँच वटा विभागको जिम्मेवारी कार्यसमितिका सदस्यहरुलाई प्रदान गरिइको र आफ्नो जिम्मेवारी अनुसार विभिन्न कार्यक्रहरु सञ्चालन भइरहेको अध्यक्ष कार्कीले बताए । जिम्मेवारी बाँडफाँड पछि अब इक्यान झापा सबै क्षेत्रमा सक्रियताका साथ अघि बढ्ने अध्यक्ष कार्कीले विश्वास ब्यक्त गरेका छन् ।

यसैबीच नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेललाई प्रमुख सल्लाहकारको रुपमा सर्वसम्मत रुपमा चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा चिरन न्यौपाने र प्रकाश पराजुली चयन भएका छन् ।

शैक्षिक परामर्शको क्षेत्रका काम गर्दै आएका संस्थाहरुलाई एकिकृत गर्दै शैक्षिक विकासका लागि इक्यानले विभिन्न कार्यक्रहरु गर्दै आएको छ । विश्वका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरु इक्यानमा आवद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here