बिर्तामोड। उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष राधा राईको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य गयासरी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कर्मचारी ममता धिमालले स्वागत गरेकी थिइन्।

कार्यक्रममा संस्थाकी अध्यक्ष राईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने बित्तिय बितरण व्यवस्थापक बेल्मति राजवंशीले प्रस्तुत गरेकी थिइन्।
संस्थाको शेयर सदस्य ९ सय ९० जना, बाल सदस्य ४५ जना, शेयर पूँजी १ करोड ५ लाख ५९ हजार ३ सय रूपैयाँ, निक्षेप २ करोड ४ लाख ६७ हजार ८ सय ८२ रूपैयाँ ७९ पैसा, ऋण लगानी २ करोड ९१ लाख ७७ हजार १ सय २१ रूपैयाँ, आम्दानी ५० लाख ४७ हजार ७ सय ८८ रूपैयाँ २६ पैसा, खर्च ४१ लाख ९७ हजार ४ सय ६५ रूपैयाँ १९ पैसा, नाफा ८ लाख ५० हजार ३ सय २२ रूपैयाँ ३४ पैसा र वासलात ३ करोड ६१ लाख ५५ हजार ४ सय ४४ रूपैयाँ ५८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा ज्येष्ठ नागरिक नारसी धिमाल र बाल बचतकर्ता युमा लिम्बूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ डोरा राजवंशी, दुर्गा राजवंशी, अरूण दास, अर्जुन राजवंशी, अमिता पटेल, ज्योती पुरी, अस्मिता गजुरेल, रणमाया दंगाली मगर, सूर्यकुमार राई, जानुका लामालाई पुरस्कृत गरिएको थियो।
त्यस्तै असल ऋणीतर्फ रञ्जना आङ्वो, अञ्जना काम्बाङ, हरिमाया तामाङ, तेजकुमारी मैनाली, कल्पना नेपाल, लोरूपी धिमाल, शान्ती राजवंशी, मोहम्मद अफ्ताबलाई पुरस्कृत गरिएको थियो।
उत्कृष्ट कर्मचारीतर्फ कल्पना मंग्रातीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिकी संयोजक सरीता अधिकारीले प्रस्तुत गरेकी थिइन् भने ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिकी संयोजक भीमकुमारी लिङ्देनले प्रस्तुत गरेकी थिइन्। शेयर सदस्य देशमाया बेघालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेको
कार्यक्रमको सञ्चालन संस्थाकी कर्जा प्रमुख कल्पना अधिकारी सिग्देलले गरेकी थिइन्।































