एनी प्रथम गछिया गोल्डकप : राष्ट्रिय जागृती फुटबल क्लब इटहरी फाइनल प्रवेश

0
59

सुन्दरहरैंचा(मोरङ) : सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२ को अन्तिम सेमिफाइनल खेल जित्दै राष्ट्रिय जागृती फुटबल क्लब इटहरी फाइनलमा प्रवेश गरेको छ । 

आजको खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल इटहरी क्लबको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–६ का वडा अध्यक्ष सन्तोष लिङ्देन थिए। खेल पहिलो हाफ को ३६ मिनेटमा जर्शी नम्बर ५ एलेक्स उइलेनले गोल गरे । उक्त गोल नै राष्ट्रिय जागृती फुटबल क्लबका लागि निर्णयक गोल बन्यो ।

निर्धारित समय सम्म पनि गछिया युवा समाजले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल गर्ने सकेन । यो सङै १-० को अन्तरले राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले फाइनलको यात्रातय गरेको हो । आजको ‘म्यान अफ द म्याच’ राष्ट्रिय जागृती फुटबल क्लबका जर्सी नम्बर ५ का एलेक्स उइलेन भएका छन् ।

उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यो संगै पहिलो सेमिफाइनल खेलमा गाइघाट युनाइटेड र दोस्रो सेमिफाइनल खेलमा राष्ट्रिय जागृती फुटबल क्लब फाइनल प्रवेश गरेका छ्न ।

फाइनल खेल २२ गते दिउँसो २ बजे बाट सुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए । भोली भेट्रानस फुटबल – सुन्दर भेट्रानस र जिल्ला प्रहरी कार्यलय मोरङ विच मैत्रीपुर्ण खेल हुने सचिवलय सदस्य सुवास भण्डारीले जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए । प्रतियोगिता २२ गते सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here